२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बिग एजुकेसनको पाँचौ शाखा दाङमा

दाङ,२७ असार । बिग एजुकेशन काठमाण्डौको पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएको छ ।

अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या आएको भन्दै यस्ता समस्याहरूको समाधानका लागि दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेशन काठमान्डौका सिईओ सुरज केसीले बताउनुभयो ।

बिग एजुकेशनले विद्यार्थी भर्ना मात्र नभई भनेको गन्तव्यमा पुर्याउने र हजारौं विद्यार्थीको मन जित्न सफल भएको केसीले बताउनुभयो ।

काठमान्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा, कञ्चनपुर, नुवाकोट र दाङमा शाखा विस्तार गरेको हो । विद्यार्थीको अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीको आकर्षण बढेको सिईओ केसीले बताउनुभयो ।

शाखा कार्यालय मार्फत जापान, कोरीया, अमेरीका, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशमा अध्ययनका लागि जान सकिने शाखा प्रमुख निशा पौडेलले बताउनुभयो।

उहाँका अनुसार छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएको छ।

विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उहाँले बताउनुभयो ।

यसैबिच शाखाको बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका(६ का अध्यक्ष वर्षात भण्डारीले शाखाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो।

पुर्ण रूपमा जानकारी नभई वाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएको जनगुनासो आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रबाह गर्नुपर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो। यस्तै वडाभित्र शैक्षिक व्यवसाय सुरू गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताउनुभयो ।

उहाँले अहिलेको युग विश्व भाषाको युग रहेकाले केही कन्सलटेन्सीले सहि कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले भोग्नुपरेको भन्दै विश्वसनीय कनसलटेन्सीका रूपमा रहेको बिग एजुकेशनको दाङको यात्रा सुखद रहने अपेक्षा गर्नुभयो ।

एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पान्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख निशा पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस