२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

अविरल वर्षाले घर भत्किदा ८ घाइते ३ को अवस्था गम्भीर

जाजरकोट । गए राती परेको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् ।

बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची घर भत्किदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा वर्ष ३५ का पदम अधिकारी वर्ष १० का दिनेश अधिकारी वर्ष ३० की सरिता अधिकारी वर्ष १४ का नवीन अधिकारी वर्ष ६५ की भिरकुली अधिकारी वर्ष १५ की सुजता अधिकारी वर्ष १६ की संगिता अधिकारी र वर्ष १४ का नवराज अधिकारी रहेका छन् ।

उनीहरूलाई घर भत्के लगत्तै स्थानीयहरूले उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो ।

घाइते मध्य तिन जना संगिता अधिकारी, पदम अधिकारी र दिनेश अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस