२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

तुलसीपुरको पृगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

ओलीले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगइ दायाँ हातमा करेन्ट लागेको थियो।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचरको क्रममा मृत्यु भएको हो। ओलिलाई शनिबार दिउसो करेन्ट लागेको थियो।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस