वार्षिकोत्सवको अवसरमा रक्तदान
दाङ, २० साउन । थर्ड आई नेपालको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्तसञ्चार केन्द्रमा आइतबार रक्तदान कार्यक्रम गरि थर्ड आईले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनील केसीको प्रमुख आतिथ्य एवं तुलसीपुर उद्योग बाणिज्य संघका एशोसिएट्स सदस्य सन्दिपन रिजाल र रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीको विशिष्ट आतिथ्यतामा रक्तदान भएको थियो ।
कार्यक्रममा विभिन्न दलका युवा नेताहरु, शैक्षिक क्षेत्रका शिक्षक, शिक्षिका लगायत विद्यार्थी, व्यवसायीहरुको उपस्थित थियो ।
यस कार्यक्रममा नेपाल तरुणदलका तुलसीपुर नगर कार्यसमिति उपाध्यक्ष केशवराज भुसालले फलफूल प्रदान गरेका थिए । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीसहित प्रमुख अतिथि बिनिल केसी, विशिष्ट अतिथिहरु लगायत २२ जनाले रक्तदान गरेका थिए।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको जानकारी भएपछि रक्तदानको आयोजना गरेको अध्यक्ष गिरीले बताए । कार्यक्रमको सहजीकरण सुगम भण्डारीले गरेका थिए ।