बंगलाचुलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ । दाङको बंगलाचुली गाउँपालिकामा गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन्
चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भन्ने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार