२०८३ साउन १५ गते शुक्रवार | 2026 July 31st Friday

लुम्बिनीमा थपिदै ३ मन्त्री

दाङ, ७ कार्तिक ।
लुम्बिनी प्रदेशमा ३ नयाँ मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गर्नु भएको छ ।

नेपाली काग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बन्नु भएका आचार्यले सरकारलाई पुर्णता दिन नसकेको भनेर बिरोध भैरहेका बेला सरकारलाई पुर्णता दिनेगरी मन्त्री थप्न लाग्नु भएको हो ।

मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना

पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गर्नु भएको पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिनु भयो ।

सीफारीस भएका नयाँ मन्त्रीहरु नेपाली काग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, काग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिएपनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे लुम्बिनी प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस