सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते
सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, बर्ष १५ कि सिर्जना बस्नेत को मृत्यु भएको कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो ।
उहाँका दुई जनाको घटना स्थलमै एकजनाको बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि कपुरकाेट गाउँपालिकाको अस्पतालमा राखिएको बताउनु भयो ।
घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।
साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उहाको भनाइ छ ।