दिपावलीको बत्ति निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
दाङ, २१ कार्तिक । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान तुलसीपर उपमहानगरपालिका वडा नं. १८ बिजौरीका १६ वर्षिय किशोर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनलाई आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लाग्ने बित्तिकै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको भएता पनि डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार