२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दैलेख-सुर्खेत सडक खण्डमा मिनिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दैलेख-सुर्खेत सडक खण्डको रातानाङ्ग्ला नजिक मिनिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनीबस दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुलेको छैन।

भिरालो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ ।

मिनी बसमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस