२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

टरिगाउँ विमानस्थल विस्तार हुने

दाङ ।
दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल विस्तार गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पूर्व सिँचाई मन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता दीपक गिरीले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेयलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरउन्नतिका लागि छलफल गर्नुभएको छ ।

भेटमा विमानस्थलको धावन मार्ग विस्तारका लागि लाग्ने बजेट, आवश्यक जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

उहाँहरुले मन्त्रीलाई डिपिआरको विस्तृत रिपोर्ट पनि पेश गर्नुभएको छ ।

नेताहरूको छलफलपछि मन्त्री पाण्डेयले विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजनको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस