२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

ट्रम्पले अवैध आप्रवासीमाथि पहिलो दिनदेखि छापा मार्ने !

काठमाडौं, ५ पौष, एजेन्सी ।

ट्रम्पले अवैध आप्रवासीमाथि पहिलो दिनदेखि छापा मार्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।


अमेरिकामा अनुमतिविना बसोबास गर्ने आप्रवासीहरूलाई पक्राउ गर्न र आफनो मुलुक फिर्ताका लागि ट्रम्प प्रशासनको पहिलो दिनदेखि नै छापा मार्न शुरु गर्ने जनाइएको छ ।

ट्रम्पले आउँदो सोमबार राष्ट्रपति जो बाइडेनलाई बिदाई गर्दै राष्ट्रपति पदको सपथ लिदैंछन् ।


ट्रम्पको आप्रवासी समबन्धि प्रशासन हेर्ने टम होमनले अवैध आप्रवासीहरूमाथि ठूलो छापा मार्ने धम्की दिएका छन् ।

शिकागो, ठूलो आप्रवासी जनसंख्या भएको शहरमा मंगलबारदेखि छापा मार्न शुरु हुन सक्ने अमेरिकी संचार माध्यम न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले बताएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा, होमनले देशभर “ठूलो छापा मार्ने“बताएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस