२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

सभापति देउवाले घोराहीमा नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने

दाङ,२७ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज घोराहीमा नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने भएका छन् ।

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई पार्टी सभापति तथा पूर्व प्रधानमनत्री देउवाले निर्देशनात्मक सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जानकारी र्दिएका छन् ।

भेटघाट कार्यक्रम घोराहीस्थीत नेपाली कांग्रेस दाङको पाटी कार्यालय विहान ११ः४५ बजेदेखि सुरु हुने भएको छ।

उक्त कार्यक्रममा पार्टी सभापति देउवासहित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँड, दीपक गिरीलगायत पार्टीका केन्द्री सदस्यलगायतका नेताहरु आउने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले नेपाली कांग्रेस, भातृ तथा शुभेच्छुक संघसंगठनका नेता तथा कार्यकर्तालगायत सम्पूर्ण नागरिकमा आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस