२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने

दाङ,९ फागुन । दाङकाे तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु सिर्जना खत्री “हाउडे माया”,  उषा दशाैदी  लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

आज  पशुपति शर्मा, सिर्जना खत्री हाउडे माया र  उषा दशाैदी लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो ।

महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने,

स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको महोत्सव उदेश्य अनुरुप अघि गइरहेको मुल आयोजक समिति संयोजक ऋषिराज भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस