२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

तुलसीपुर महोत्सव आज गायक कुलेन्द्र बिक, गायिका सिता थापा, गायक प्रेम शर्मा लगाएतका कलाकार आउने

दाङ ,६ पुस।

स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत पुस ६ गते चर्चित कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति हुने भएको छ।

नेपाल साना घरेलु तथा उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा गायक कुलेन्द्र बिक, गायिका सिता थापा, गायक प्रेम शर्मा र उद्घोषिका प्रेरणा गिरीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा लोकदोहोरी गीत, सामूहिक लोकनृत्य तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहनेछ। पुस ४ गतेदेखि सुरु भएको महोत्सव पुस १५ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फ रहेको खुल्ला मैदानमा सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस