२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

तुलसीपुरमा २० करोड लगानीमा आधुनिक सिनेमा हल निर्माण हुने

तुलसीपुर २ पुस।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले ब्यक्ति बिषेशको लगानीमा सिनेमा हल निर्माण हुन तुलसीपुरको बिकासका लागि एउटा महत्वपूर्ण भएको बताउनुभयो ।

तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसमा अल नेपाल सिनेमा टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । केसीले दाङबासी सबैले आ आफ्नो क्षेत्रबाट फिल्महलको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रको झन्डै २० करोड लगानीमा सिनेमा हल निर्माण हुन थालेको भन्दै सबैले बिभिन्न क्षेत्र बाट सकारात्मक सहयोग गरे मात्रै सफलता मिल्ने बताउनुभयो।

समग्र तुलसीपुरकै बिकासका लागि निजी क्षेत्रको लगानी महत्वपुर्ण हुने उहाँको भनाई थियो ।

तुलसीपुर क्षेत्रमा सिनेमा हल नभएको अवस्थामा वशन्त लामिछाने र अनिल बुढाथोकी को करिव २० करोड लगानीमा आधुनिक सिनेमा हल निर्माण हुन लागेको छ ।

जग्गा भाडामा लिएर तुलसीपुरको बरुवागाँउमा आधुनिक सिनेमा हल निर्माणको अभियान थालेका लामिछाने र बुढाथोकीले गत बर्ष ‘कर्मा’ नामक चलचित्रपनि निर्माण गरेका थिए ।

आयोजकले आगामी दसैं भन्दा अगाबै निर्माण पुरा गरि हल संचालन गर्ने जानकारी दिएको छ । अत्याधुनिक दुई वटा हल निर्माण हुने र त्यसमा करिब पाँच सय हाराहारीमा मानिसले एकै साथ सिनेमा हेर्न मिल्ने आयोजकको भनाई छ ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस