२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

वाईफाई नेपालबाट १०० एमबीपीएस स्पीडसहितको नयाँ इन्टरनेट योजना सार्वजनिक, मासिक शुल्क मात्र रु. ६५४

काठमाडौँ – देशभर उच्चगुणस्तरीय फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको वाईफाई नेपाल प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै नयाँ १०० एमबीपीएसको इन्टरनेट योजना सार्वजनिक गरेको छ। कम्पनीले यसअघि ५० र ८० एमबीपीएस स्पीडमा सेवा प्रदान गर्दै आएकोमा अब ग्राहकले अझ तीव्र र स्थिर इन्टरनेट अनुभव लिन सक्ने छन्।

नयाँ योजनाअनुसार डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस इन्टरनेट सेवा लिन चाहने ग्राहकले २४ महिनाको लागि कुल रु. १५,७०७ तिर्नुपर्नेछ, जसअनुसार मासिक लागत जम्मा रु. ६५४ पर्छ। यस्तै, १२ महिनाको लागि सेवा लिन चाहनेले रु. ९,४६९ तिर्दा मासिक खर्च रु. ७९० पर्नेछ। यी दुवै योजनामा भ्याट समावेश गरिएको छ भने अन्य कुनै पनि लुकेको शुल्क लाग्ने छैन।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पन्जियारका अनुसार हालसम्म देशभर ७० हजारभन्दा बढी घरधुरीमा वाईफाई नेपालको सेवा जडान भइसकेको छ। “हामी नेपाली समाजको डिजिटल आवश्यकतालाई बुझेर गुणस्तरीय सेवा किफायती मूल्यमा उपलब्ध गराउँदै आएका छौँ,” उनले जानकारी दिए।

यो सेवा विशेषगरी घरपरिवार तथा साना व्यवसायलाई लक्षित गरी ल्याइएको छ। ग्राहकले अब सुलभ मूल्यमा उच्च स्पीडको इन्टरनेट पाउने भएपछि डिजिटल कार्य, अनलाइन कक्षा, मनोरञ्जन र व्यवसायिक प्रयोजनहरू झनै सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस