२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

आइतबार बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्रीले सबै महत्वपूर्ण भेटवार्ता आजै गर्नेछन् ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस