२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

मंगलबार सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ ।

मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो ।

मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस आधारमा मंगलबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस