नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बन्द भयो नेप्से
काठमाडौँ ।
जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचक नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बन्द भएको छ ।
बिहीबार नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ ।
सात दिनपछि खुलेको नेप्से सुरुमा नै नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर पुनः दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार