बारबर्दिया नगरपालिकाले कृषकहरुबाट धान खरिद गर्ने
बर्दिया ।
बारबर्दिया नगरपालिकाल कृषकहरुबाट धान खरिद गर्ने भएको छ । एक सूचना जारी गर्दै पालिकाले यस्तो जानकारी दिएको हो ।
सूचना मार्फत बारबर्दिया नगरपालिकाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (मुख्य शाखा कार्यालयः राजापुर) द्वारा यहि २०८२ कार्तिक २१ गतेवाट विष्णुधनी बहु-प्राविधिक शिक्षालयको प्राङ्गणमा (ईलाका प्रहरी कार्यालय, जयनगर नजिक) धान खरिद डिपोमा नेपाल सरकारले तोकेको न्युनतम समर्थन मुल्यमा धान खरिद भईरहेको जानकारी दिइएको छ ।
सूचनामा कृषकहरुले डिपोमा धान विक्रि गरी आफ्नो उत्पादनको उचित मुल्य प्राप्त सम्बन्धित सबैमा जानकारी दिइएको छ ।
सूचना

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
