२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

मक्काबाट मदिना जाँदै गर्दा भारतीय तीर्थयात्री सवार बस दुर्घटना ४२ जनाको मृत्यु

काठमाण्डौ, १ मंसिर ।

साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।

मक्काबाट मदिना जाँदै गर्दा तीर्थयात्री चढेको बस डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकहरुमा २० जना महिला र ११ बालबालिका समेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् ।

मृतकहरुमा अधिकांश हैदराबादका रहेको बताइएको छ । दुर्घटना मदीनाबाट १६० किलोमिटर टाढा मुहरास नजिक भएको हो । उक्त समय सबै यात्री सुतिरहेको र दुर्घटना हुँदा कसैको पनि ज्यान नजोगिएको बताइएको छ ।

तेलंगाना सरकारले रियादमा भारतीय दूतावासको सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले एक सूचना जारी गर्दै मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग सम्पर्कमा रहेर पीडितहरुको पहिचानका लागि सहयोग गर्न निर्देशन दिएको बताइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस