२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं, २४ पुस।

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए ।

उनले, ‘निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ बताए ।’

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस