उम्मेदवारी दर्ताका लागि प्रचण्ड रुकुमपूर्व जाँदै
काठमाडौं, ५ माघ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार