२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस