२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्छः डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्।

अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक मारिएको आकलन भए पनि मृतकको संख्या त्यो भन्दा बढी हुन सक्ने बताएका हुन्।

‘तीन जना मारिनु पनि धेरै हो। तर प्रक्षेपणहरू हेर्दा संख्या त्यो संख्या बढ्न सक्छ,’ उनले भने।

यसअघि अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले तेहरानमा हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेको अमेरिकी सैन्य अड्डामा हमला गर्दा तीन जना अमेरिकी सैनिक मारिएको जनाएको थियो।

ती तीन जना आइतबार बिहान इरानले कुवेतस्थित अमेरिकी सैन्य अखडामा हमला गर्दा मारिएको भनिएको छ।

इरानले मध्यपूर्वका ८ भन्दा बढी देशहरूमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर लगातार हवाई हमला गरिरहेको छ। त्यसकारण मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने भनेर ट्रम्पले बताएका हुन्।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस