२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

शहरभित्रको दैनिक आवतजावतको लागि इलेक्ट्रिक अटो उपयुक्तः लामिछाने

तुलसीपुर, दाङ ।

राष्ट्रिय ह्याण्डबल खेलाडी सन्तोष लामिछानेले शहरभित्रको दैनिक आवतजावतको लागि इलेक्ट्रिक अटो उपयुक्त हुने बताउनु भएको छ ।

लामिछानेले स्वरोजगार प्रवर्द्धन, कम खर्च र वातावरणमैत्री प्रविधिलाई लक्षित गरी ल्याइएको यो अटोले नागरिकको यात्रामा सुविधा हुने बताउनु भयो ।

संयम इन्टरप्राइजेज तुलसीपुरले नयाँ बजाजको WEGO इलेक्ट्रिक तीन पांग्रे अटो रिक्सा सार्वजनिक कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताउनु भएको हो ।

अटोमा ४८ भोल्ट सिस्टमसहित ८/९ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ भने ४/५ किलोवाट पावर र ३६ एनएम टर्क दिने मोटर जडान गरिएको सयम इन्टरप्राइजेजका संचालक गेहेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको अटोले स्पीड अटोमेटिक ट्रान्समिसन, इको र पावर मोड जस्ता फिचरले सहज सवारी अनुभव प्रदान गर्नेछ।

करिब ४/३ घण्टामा फुल चार्ज हुने यो अटोले एक पटकको चार्जमा करिब १६० किमी दूरी तय गर्न सक्छ भने यसको अधिकतम गति ४५ किमी रहेको संचालक पौडेलले बताउनुभयो ।

त्यस्तै अटोमा सुरक्षाका लागि हाइड्रोलिक ड्रम ब्रेक, रेजेनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्ट जस्ता सुविधा समावेश गरिएको छ।

आधुनिक डिजाइन, कम सञ्चालन खर्च र विश्वसनीयताका कारण यो अटो नेपाली बजारमा आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

साथै, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध हुने संयम इन्टरप्राइजेजले जानकारी दिएको छ ।

हुलास फिन सर्भका स्वरुम अफिसर प्रकाश के सीको स्वगत मन्तव्यबाट सुरु भएको अटो सार्वजनिक कार्यक्रमको सहजीकरण स्वरुमका बजार प्रतिनिधि दिनेश नेपालीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस