बसमा विद्युतको तारले छुदा बाबुछोराको मृत्यु
तुलसीपुर,
दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुबाहक बसमा विद्युतीय तारले छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुई जनाको मृत्यु भएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका ४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका ६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।
प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार