जनचासोका विषयलाई सम्बोधन गर्नुपर्छ
जनचासोका विषयहरूमा सरकार सकारात्मक भएपनि त्यसको प्रभावकारीता कमै देखिएको छ । जनचाहना अनुरूप सरकारले विभिन्न विषयमा पहलकदमी गर्दै आएको भएपनि जनस्तरमा त्यसको सन्देश सही ढंगले पुग्न नसकेकोे एक कार्यक्रममा सहभागीहरुले बताए ।
दाङको घोराहीमा भएको जनवर्गीय संगठनहरूको संयुक्त बैठकका अवसरमा सहभागीहरूले यस्तो बताएका हुन् ।
सरकारले गरेको काम र सम्बोधनलाई समाजमा पु¥याउनका लागि माओवादी केन्द्रका जनवर्गीय संगठनहरूको सक्रियता बढाउनुपर्ने उनीहरूको भनाइ थियो ।
सरकारका राम्रा कामको प्रचार तथा प्रतिरक्षा गर्दै जनस्तरमा सम्बन्ध विस्तार गर्न जनवर्गीय संगठनहरूले एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने उनीहरूको भनाई छ ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार