चुरे संरक्षण संगै जनताको जीवनस्तर सुधार्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ: मुख्यमन्त्री चौधरी
कोहलपुर, २५ असार । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चुरे संरक्षण सगै जनताको जीवन स्तर सुधार्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिती तथा कोहलपुर नगरपालीकाको संयुक्त आयोजनामा कोहलपुर नेपालगंज सडकमा रेलिङ निर्माण तथा वृक्षारोपन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले वृक्षारोपन गरेर फोटो खिचेर छोड्नु मात्रै नभएर विरुवाको संरक्षण र सम्बर्धन गर्नु सबैको दायीत्व भएको बताउनु भयो । त्यस्तै उहाँले यहिले जलवायु परिवर्तण भईरहेको समयमा चुरे संरक्षण लगाएत वातावरण संरक्षणमा नेपाल सरकार, गैर सरकारी संस्थाहरु, स्थानीय सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

राष्ट्रपति चुरे तराई मधेर संरक्षण विकास समितिका बोर्ड सदस्य भेषराज आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिनाले चुरे संरक्षणका लागी नेता कार्यकर्ता देखि स्थानीय सबै लाग्नु पर्ने बताउनु भयो ।
चुरे संरक्षण गर्नको लागी वृक्षारोपनका साथै खहरेखोलाको संरक्षण गर्नु पर्ने प्रमुख सचेतक तिमिल्सिनाको भनाई थियो । उहाँले एक विरुवा काटे दश विरुवा रोप्नुपर्ने अवधारणाका साथ राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

