२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।

असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।

‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्ने क्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस