२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

घोराहीमा खुल्ला रक्तदान

घोराही । रक्त सञ्चार घोराहीमा रगतको अभाव हुन नदिन रक्तदान गरियको छ ।

दाङ स्कार्पियो फेम्ली घोराहीले बिहीबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा अर्जुन कुमार थापा, सुमन चौधरी, बलबहादुर केसी, खुसीराम चौधरी, भाष्कर अधिकारी, ज्ञानेन्द्र रिजाल, सञ्जिव थापा, प्रकाश चौधरी, फनाधर महारा, पुकार डिसी लगायतले रक्तदान गरेका थिए ।

अस्पतालमा बिरामीको चाप बढेसँगै विभिन्न ठाउँमा रगतको अभाव हुने गरेको हुँदा घोराहीमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

गुरु प्रसाद आचार्यको अध्यक्षता एवं भरतनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोग तथा गुरु प्रसाद आचार्य र पुकार डिसीको संयुक्त आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरियको थियो ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस