कमैया मुक्ति दिवसको मुख्यमन्त्रीद्वारा शुभकामना
दाङ, २ साउन । कमैया मुक्ति दिवसको अवसरमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभकामना व्यक्त गर्नु भएको छ ।
जमिनदारको घरमा कमैया बस्ने कमैयाहरू मुक्त घोषणा भएको दिनको अवसरमा मुख्यमन्त्री चौधरीले मुक्ति दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।
शुभकामना व्यक्त गर्दै उहाँले वि.सं. २०५७ साल साउन २ मा सरकारले कमैया मुक्तिको घोषणा गरेको र त्यहि दिनलाई मुक्तिको दिनको रूपमा मनाउदै आएको भयो ।
कमैया मुक्तिको २३ वर्ष भइसक्दा पनि मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा आफू संवेदनशीलसमेत भएको बताउँदै उनीहरूको पुनस्र्थापन र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्नुपर्ने बताउनुभएको छ ।
२३ वर्षपछि कति मुक्त कमैयाको पुनस्र्थापना भयो ? कतिको पुनस्र्थापना हुन बाँकी छ ? बाँकीको पुनस्र्थापनाका लागि के हुँदैछ?
यी प्रश्नहरू जगजायर रहेको भन्दै ती समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनुपर्ने र यसका लागि लुम्बिनी प्रदेश सरकार यसमा पूर्णरूपमा गम्भीर रहेको उहाँको भनाई थियो ।
उहाँले आफू स्वयम् मुक्त कमैयामा उत्साह, उर्जा र सिर्जनशीलता बढाउन थप प्रेरणा प्रदान गर्न, मुक्त कमैयाहरूलाई स्वरोजगार बनाउन, उनीहरूको उत्पादन र सीपलाई बजारसम्म पु¥याउने अभियानमा कमैया आन्दोलनको एक अभियान्ता भएको बताउँदै मुक्त कमैयाहरूको पुनस्र्थापनाको अभियानमा सँगसँगै रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।