तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत
दाङको तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् ।
मंगलबार दिउसो साढे २ बजेतिर १४ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले ति बालिकालाई घर नजिकैको मकै बारीमा बोलाई बलात्कार गरेका हुन् ।
बलात्कार पछि अचेत अवस्थामा रहेको अवस्थामा उनकी आमाले भेटाएकी थिइन् ।
अहिले उनको अवस्था सामान्य रहेको छ ।
तुलसीपुरमा पछिल्लो समय बालात्कारका घटना बढिरहेका छन् ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार