ट्रक दुर्घटना हुँदा दुई जना घाइते
घोराही । दाङको घोराही- लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घोराही–लमही सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ३ को भैंसी बगाउने खोला नजिक घोराही ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।
पहाडको उकालोमा ट्रकको टायर पन्चर भई रोक्ने क्रममा ब्रेक नलागेपछि ट्रक सडकबाट तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा लमही नगरपालिका- २ केरुनिया निवासी १८ बर्षीय रुबिना चौधरी र १६ बर्षीया करुणा चौधरी घाइते भएका छन् ।
ट्रकका चालक र सहचालक हाम फालेर वच्न सफल भएपनि ट्रकमा सवार दुई किशोरीहरु घाईते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका भैरहेको छ ।
प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार