२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

प्रेस युनियनमा पाँच सदस्य मनोनित

दाङ, १३ साउन । नेपाल प्रेस युनियन दाङको जिल्ला सदस्यमा पाँच जनालाई मनोनित गरिएको छ ।

शनिवार लमहीमा सम्पन्न युनियनको बैठकले आशिष केसी, प्रेम पुन, देवका परियार, मेघमान बुढा र ओमप्रकाश बसेललाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

बैठकले संघको जिल्ला सल्लाहकारमा तीन जनालाई थप गरेको छ।

त्यस्तै युनियनका पूर्व जिल्ला अध्यक्ष सुशील बस्नेत, उपाध्यक्षहरु बसुन्धरा गौतम र लीला शाहलाई सल्लाहकारमा चयन गरेको युनियन दाङका सचिव अमरक्षिति भण्डारीले जानकारी दिएका छन्।

बैठकले प्रेस युनियनलाई चुस्तदुरुस्तसँगै कुनै तत्काल गर्नुपर्ने निर्णयहरु गर्नेगरी प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।

सचिवालय सदस्यमा गोपाल शर्मा भट्राई, किरण शाह, पार्वती बस्नेत, अमरक्षितिज भण्डारी, लीलाधर वली, सन्तोष केसी, उमा भण्डारी, सुशीला वली, नारायण नेपाल, शिव पुन, हिमाल महरा, टेकबहादुर पुन, पूर्णप्रकाश विश्वकर्मा र नवराज घिमिरे छन् ।

बैठकले प्रेस युनियन दाङलाई संगठित र क्रियाशिल बनाउनका लागि प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको सयोजकत्वमा महिला विभाग गठन गरेको छ ।

सदस्यमा सुशीला वली, सपना पौडेल, देवका परियार र सदस्य सचिवमा उमा भण्डारी छन् ।

प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेतले युनियनलाई संगठित र व्यवस्थीत गराउदै युनियनले पत्रकारहरुको क्षमताअभिवृद्धिमा विशेष ध्यानदिन नेतृत्वलाई निर्देशन दिए ।

उनले त्यसका लागि अग्रज तथा नयाँ पुस्तासँग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीले प्रेस युनियनलाई जिल्ला पत्रकारहरुको अग्रनी सस्थाका रुपमा अघि बढाउन र लोकतन्त्रप्रति आस्थावान पत्रकारहरुकाविचमा बलियो सहकार्य गर्न सुझाव दिइन ।

बैठकको सहजीकरण जिल्ला सचिव भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस