रुकुमबाट नेपालगन्ज जादै गरेको गाडी दुर्घटना, घाइतेको उद्दार जारी
दाङ । रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ ।
रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी कपुरकोट गाउँपालिका ३ आगरखोलामा दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा प्रहरी, स्थानिय लगाएतकाले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ ।
गाडी सडक देखी करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार