नेपाल प्रेस युनियन दाङ, महिला विभागको तिज मिलन कार्यक्रम
घोराही, १६ भदौ ।
नेपाल प्रेस युनियन दाङ, महिला विभागको आयोजनामा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम बाह्रकुने दहमा भएको छ ।
महिला विभागका संयोजक पार्वति बस्नेतको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रिय उप कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गौतमले तिज पर्बलाई जगेर्ना गर्न र एक अर्का बिच आपसी सद्भाव कायम राख्नका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
यस्तै प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले चाडपर्वहरुलाई संरक्षण गर्दै सामाजिक र सास्कृतिक रुपमा एकतावद्ध हुन आवश्यक रहेको बताउनुभयो ।
तिज पर्व महिलाहरुको स्वतन्त्रताको चाड भएको भन्दै विकृती र विसंगति हुनबाट बचाउन सबै गम्भीर हुनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेश दाङ क्षेत्र नम्बर २ का सचिब माया पोख्रेल, प्रेस युनियन दाङका संस्थापक सदस्य किशोर चन्द्र गौतम, केन्द्रिय सदस्य नारायणी रजौरे,
अन्जना चौधरी, प्रेस युनियन दाङका सल्हाकार लिला शाह, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य रामकली घर्ती,
प्रेस चौतारी दाङ महिला विभागका संयोजक दिप्तिशिखा चौधरी लगाएतले चाडपर्बको नाममा भैरहेको विकृतिलाई सञ्चार माध्यम मार्फत चिर्दै सरक्षणमा जोड दिन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा धन्यवाद ज्ञापन नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले गर्नुभएको थियो ।
सह कोषाध्यक्ष सुशीला ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सह सचिव उमा भण्डारीले गर्नुभएको थियो ।