२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

राज्यले गरेको लगानीबाट नागरिकले प्रत्येक्ष लाभ लिन सक्नु पर्छ: योगी

प्रिया स्मृती गजमेर

दाङ – लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले राज्यले गरेको लगानी उपलब्धिमूलक हुन जरुरी रहेको बताएका छन्।

राज्यले गरेका हरेक कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने खालको बाताबरण हुनुपर्ने उनले बताए ।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख योगीले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुको सवालमा उनिहरुले गरेका काम र सीपलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने बताए ।

कृषि उत्पादनलाई जोड दिनु पर्छ, कृषकका उत्पादनलाई यान्त्रिककरण गराउन तर्फ राज्यले ध्यान दिनु पर्छ, जतिपनी वैदेशिक रोजगार गुमाएर वा लामो समय बसेर नेपाल फर्किएका मानिसहरुलाई अब नेपालमै बसेर आफ्नै पेशा व्यवसाय गर्ने तर्फ प्रोत्साहित गर्नु पर्छ”- योगीले भने ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस