२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

भालुवाङ बस दुर्घटना : १२ जनामध्ये ८ जनाको सनाखत

दाङ /

दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति १० : ३० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खसेको थियो।

दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्ज्वल सिंहले जानकारी दिए।

मृत्यु हुनेमा बाँकेका ६० वर्षीय कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सिंहले बताए। अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ।

घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ।

राति साढे १० बजे नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको को भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलमा खसेर दुर्घटनामा परेको थियो।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस