२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

टेलिचलचित्र ‘डिङ्नो’को रिलिज मिति घोषणा

शिव पुन
काठमाडौं, ६ माघ । पश्चिम दाङको बबई गाउँपालिकामा छायांकन गरिएको नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ को प्रसारण मिति घोषणा भएको छ।

सिरिज यही माघ १५ गतेबाट हरेक सोमबार बेलुका ८ बजेदेखि ९ बजेसम्म हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको हो।

शनिबार विश्वज्योती हलमा सिरिजको शीर्षगीत सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेटसमेत घोषणा गरेको हो।

सिरिज निर्देशक विष्णु बुढाथोकीले ‘डिङ्नो’ले हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको सपनाको झोला बोकेर बहानामा बिदेशिने लर्को छ ।

जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेको बताए ।

पहिलो चरणको सेड्युल अन्तर्गत दाङमा पन्ध्र एपिसोडसम्म छायांकन भइसकेको छ भने सिरिज प्रदर्शन सुरु भएसंगै दोश्रो चरणको छायांकन सुरु गरिने कार्यकारी निर्माता आनन्द पुनले जानकारी गराए।

सिरिजमा कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ ।

सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन्।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस