२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

मोटर साइकल दुर्घटनामा एकको मृत्यु एक जना घाइते

दाङ, ६ फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

घोराही उपमहानगरपालिका–१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका–१ निवासी २७ बर्षीय आदर्श पुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले दिएको जानकारी अनुसार दुर्घटनामा परेर घाइते हुनुभएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे ।

उक्त मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन घाइते हुनुभएको छ ।

घोराही उपमहानगरपालिका–१८ मा डेरा गरी बस्दै आउनुभएका घाइते रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस