२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

कैलालीमा युवतीमाथि बलात्कार

कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्।

प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्।

उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ।

करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएको र घटना सार्वजनिक भएको हो।

करणी गर्ने नाबालकलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस