२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

विद्यालय प्राङ्गण बाहिरबाट मोटरसाइकल चोरी

दाङ, १५ चैत
दाङको तुलसीपुर उपमहानगरपालिका ६, शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ ।

बिहीबार बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिए ।

गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर मोटरसाइकल पार्किङ गरेर परीक्षा हलमा प्रवेश गरेपछि करिब ११–२ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताए ।

परीक्षा हलबाट बाहिर निस्केपछि मात्रै मोटरसाइकल प्रांगणमा नभएको थाहा भएको उनले बताए ।

साथै उनले मोटरसाइकल हराएको उजुरी प्रहरीमा दिइसकेको पनि बताए । तर मोटरसाइकल हराएको उजुरी आइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।

त्यस्तै मोटरसाइकल फेला पार्नु हुनेले नजिकैको प्रहरी कार्यालयमा सम्र्पक गर्न गौतमले अनुरोध गरेका छन् ।

यसैबिच, पछिल्लो समय पश्चिम दाङमा मोटरसाइकल चोरीका घटना दिनप्रति बढ्दो छ । तर प्रहरी प्रसाशन भने यस विषयमा बेखबर बन्ने गरेको छ ।

समयमै उजुरी दर्ता गरेपनि त्यसलाई गम्भीरतापूर्व नलिने गरेको पिडितहरुको गुनासो छ ।

चोरी हुनुको मुख्य कारण सिसी क्यामराको जडान नगरेको भन्दै प्रहरी पन्छिने गरेको छ । विशेष गरेर पछिल्लो समय तुलसीपुर क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस