२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङका विभिन्न योजना बहुबर्षियमा समावेश

दाङ । निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङ क्षेत्र नं. ३ (क) र (ख) मा समावेश गरेका विभिन्न योजनाहरू बहुबर्षियमा समावेश भएका छन् ।

जसमा पातुखोला कटान नदिनियन्त्रणका लागी ५१ करोड १३ लाख ४३ हजार लागतमा निर्माण सम्पन्न हुने छ भने हाल १ करोड ८५ लाख बजेट बिनियोजन गर्नुभएको छ । 

 ग्वारखोला कटान नियन्त्रणका लागी ६ करोड ६५ लाख ९५ हजारमा हाल १ करोड बजेट बिनियोजन भएको छ । कलम खोलामा पुल निर्माण सम्पन्न गर्न ११ करोड २८ लाख १९ हजारमा हाल १ करोड २५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै  भमके खोलामा पुल निर्माण सम्पन्न गर्न ३ करोड २२ लाख ७२ हजारमा हाल १ करोड  विनियोजन भएको छ।

बौला खोलामा पुल निर्माण सम्पन्न गर्न ३ करोड २२ लाख ७२ हजारमा हाल १ करोड विनियोजन भएको छ । पातेटाकुरा खोलामा पुल निर्माण सम्पन्न गर्न ४ करोड  ९८ लाख ५९ हजारमा हाल ७५ लाख विनियोजन भएको छ भने ट्वाङ खोलामा पुल निर्माण सम्पन्न गर्न ६ करोड ७८ लाख १० हजारमा हाल १  करोड ५० लाख बजेट विनियोजन गर्नु  भएको छ ।

त्यसै गरी पश्चिम दाङ जोड्ने गहतेखोला–बाघमारे–हापुरे सडक पनि बहुबर्षियमा समावेश गरिएको छ । निवर्तमान मुख्यमन्त्री चौधरीले बजेट बिनियोजन गरि बहुबर्षियमा हाल्नुभएको थियो  । सडक २६ करोड ६५ लाख ११ हजार ३ सय लागतमा स्तरोन्नती हुनेछ ।

हाल उक्त सडकमा चौधरीले ४ करोड बजेट बिनियोजन गर्नुभएको छ । जसको ठेक्का प्रक्रिया पनि अघि बढिसकेको छ ।

चुनाबको समयमा उक्त सडक स्तरोन्नती गर्ने प्रतिवद्धता  गरेका चौधरीको प्रतिवद्धता पुरा  हुदैछ निर्वाचनको समयमा सडक स्तरोन्नति गर्ने प्रतिबद्धता गरेकोले उक्त सडक प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस