तुलसीपुर उवासंघको अधिवेशन, विनिल केसीको नेतृत्वमा कांग्रैसले टुंग्यायो उम्मेदार
दाङ , २४ बैसाख । तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्वकालागी आगामि २९ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ ।
उम्मेदवार छनौट गर्न बनेको कार्यदलको करीव ५ दिनको निरन्तर प्रयासपछि आइतवार अपराहन्न सर्वसम्मत रुपमा उम्मेदार टुंग्याएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत वहादुर खड्काको संयोजकत्वमा कार्यदल वनेको थियो ।
कायंदलमा प्रदेश सभापति द्धय खिम वहादुर वली, देवेन्द्र रिजाल, नगर सभापति शुरेश हमाल तथा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका तर्फबाट जिल्ला प्रतिनिधिका रुपमा सहसचिव राजु आचार्य रहेका थिए ।
कार्यदलको बैठकपछि कार्यदल संयोजक तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काद्धारा जारी विज्ञप्तीमा तुलसीपुर उद्योग वाणिज्य संघको आगामि निर्वाचनमा हालका महासचिव विनिल केसीलाइ अध्यक्षको उम्मेदवार छनौट गरिएको छ ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा देव वहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका, खुल्ला उपाध्यक्षमा खुसलराम शर्मालाई छनौट गरिएको छ ।
त्यसैगरी महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नबिन राई, सह – कोषाध्यक्षमा जनक वहादुर रावत, छनौट भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिपन रिजाल(यसोसियटस)दिपेश भण्डारी, निर्मल पौडेल, वालकृष्ण डांगी, पुस्कर सुनार(संस्थागत) कमल डांगी,
तिर्थ डांगी तथा महिला सदस्य तर्फ निलम बस्नेत र नारायणि कुमारी वलिलाइ छनौट गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच निर्वाचन कार्यतालिका अनुसार सोमवार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिएका छन् ।
त्यसैगरी नयां नेतृत्वकालागी आगामि २९ गते विहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदान हुने पनि निर्वाचन समितिले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काले कांग्रेसले छनौट गरेका आधिकारीक उम्मेदवारलाइ मतदान गर्न आम प्रजातन्त्रमा आस्था राख्ने उद्योगी व्यवसायी, शुभेच्हछुकहरुलाइ आग्रह गरेका छन् ।
उम्मेदवारी मनोनयनकै पुर्वसन्ध्यामा तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरुले भने नयां नेतृत्वकालागी सर्वसम्मतको प्रयास पनि जारी राखेका छन् ।