२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

मानवसेवा आश्रमलाई वर्ल्डलिंक कम्युनिकेसन तुलसीपुर शाखाद्वारा खाद्यान्न सहयोग

दाङ । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन तुलसीपुर शाखाद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

सामाजिक उत्तर दायित्व अन्तर्गत मता तिर्थ औंशीको अवसरमा वुधवार मानवसेवा आश्रम दाङ शाखाका गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुको सेवा सहजताको लागि खाध्यान्न हस्तान्तरण गरेको वर्ल्डलिंक कम्युनिकेसन तुलसीपुर शाखाका मार्केटिङ सुपरभाईजर सागर थापाले जानकारी दिए ।

आश्रमलाई चामल, तेल, बिष्कुट, फलफुल लगाएतका खाद्यान्न प्रदान गरेको हो । सहयोग गरिएका खाद्यान्नलाई सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरीएका मानिसहरुको सेवामा समर्पण गरिने मानवसेवा आश्रम दाङ शाखाले जनाएको छ ।

मानव सेवा आश्रमका सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउँदै आइरहेको बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस