तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित
दाङ , ३१ बैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको मत २९३८ मध्य १५५० मत प्राप्त गरेका हुन ।
बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन । शाहले १३४० मत प्राप्त गरे । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका हुन ।
टिकट नपाएपछि रुष्ट बनेका शाहले काँग्रेसको निर्णय बिपरित नेकपा एमाले, माओबादी केन्द्रसहित अन्य दलहरु संग चुनाबी तालमेल गरि निर्वाचनमा होमिएका थिए ।
पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव ।
नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो ।
शनिबार रातिबाट सुरु भएको मत गणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए।
प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार