२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

तुलसीपुर उपमहानगरमा शैक्षिक सुधार अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ।

उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ ।

त्यससैगरी शिक्षकले प्रधानाध्यापक सँग करार सम्झौता गर्नुपर्ने छ ।

सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो ।

‘सामुदायिक विद्यालयको स्तर खस्कीदो क्रममा छ ।’ उपमहानगर प्रमुख खड्काले भन्नुभयो,‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौँ ।’

सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ ।

राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस