२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

कालिकोट जादै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु २ जना घाईते

सुर्खेतबाट कालिकोट जादै गरेको बुलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन।

कालिकोटका लागी हिडेको भे १ ज २५६० नम्वरको जीप सुर्खेतको राताननङ्ला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु भएका चार जनाको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार मृत्यु हुने चार जना कालिकोटको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

घाईते गाडी चालक कालिकोटका नरेन्द्र विष्ट र यात्रु कालिकोटका नरे कामी दुवै जनालाई प्रदेश अस्पताल उचारकालागि ल्याईएको छ ।

घाईते दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश अस्पतालले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस