२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङको पुरन्धारा छहरामा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ ।

छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।

पिकनिक खान गएका न्यौपानेको शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा डुबेर मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस